प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीले खरिबोटलाई दिएको जानकारी अनुसार निर्वाचन आयोगले सिफारिश गरे अनुसारनै सरकारले मङ्सिर ४ गते देश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत हुदै सरकारलाई सोहि अनुसार निर्णय गर्न आग्रह गरेका थिए ।
Comments
Related News