• Trending:

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

Economist Nepal

Thu, Saun 19 2079

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा


तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा



kharibot

तनहुँ । कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो ।

बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउछन्, व्यास नगरपालिका–४ का आशकुमार  श्रेष्ठ । विसं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्नेमा उनि पहिलो नै व्यक्ति छन् । 

अन्य महिनामा बीस-पच्चीसजना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई-तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउछन् ।

युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उनको भनाइ छ  ।

पहिला पहिला बिहानदेखि रातिसम्म ८/९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा  अहिले मुस्किलले दुई जना छन् ।

सञ्चालन श्रेष्ठ भन्छन्,  “भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ ।”पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ ।

पछिल्लो समयमा गाउँ–गाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको सङ्ख्या घट्दै गएको हुन् । 

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.