• Trending:

लगातार दुई पटक निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

लगातार दुई पटक निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

Economist Nepal

Thu, Saun 19 2079

लगातार दुई पटक निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री


लगातार दुई पटक निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री



kharibot

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । 

यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिध सभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो । 

संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो । 

त्यसपछि आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न लागिएको हो । प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने छन् ।  

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.