अर्थसचिव मरासिनीलाई प्रधानमन्त्रीको कार्यालयमा तानियो
काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनीको सरूवा भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थमन्त्रालयबाट हटाएर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी दबाब भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए ।
उनी बिदामा बसेकै बेला मन्त्री शर्माले राजीनामा दिएका थिए । मन्त्री शर्मा अर्थमन्त्री बनेर फेरी आएपछि मरासिनी अर्थमन्त्रालयमा गएका थिएनन् ।
सरकारले अर्थसचिव मरासिनीको सरुवा गरेपनि नयाँ अर्थसचिव भने नियुक्त गरेको छैन ।
Comments
Related News