• Trending:

भारतमा मङ्कीपक्सबाट थप एक व्यक्ति सङ्क्रमित

भारतमा मङ्कीपक्सबाट थप एक व्यक्ति सङ्क्रमित

Economist Nepal

Thu, Saun 19 2079

भारतमा मङ्कीपक्सबाट थप एक व्यक्ति सङ्क्रमित


भारतमा मङ्कीपक्सबाट थप एक व्यक्ति सङ्क्रमित



kharibot

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विदेशी मूलकी एक महिलामा बुधबार साँझ मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य विभागका अधिकारीले पुष्टि गरेका छन् । 

स्थानीय सञ्चारमाध्यमले सङ्क्रमित नाइजेरियाली नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा मङ्कीपक्स पहिलोपटक महिलामा सङ्क्रमण भेटिएको हो ।

यससँगै नयाँ दिल्लीमा मङ्कीपक्सबाट चौथो व्यक्ति सङ्क्रमित भेटिएको पुष्टि भएको छ भने देशभर कूल नौ जनामा यो भाइरस सङ्क्रमण पुष्टि गरिएको छ ।

अहिलेसम्म सङ्क्रमितमध्ये दक्षिण भारतको केरलाका एक जनाको मृत्यु भएको छ ।

जुलाई १४ मा सङ्क्रमित भेटिएका केरलाका एक व्यक्तिको गत साताको अन्त्यसम्ममा पूर्णतया निको भइसकेको छ ।

केही दिनअघि मात्र दिल्ली सरकारले मङ्कीपक्स रोगी वा संदिग्ध केसहरूका लागि राष्ट्रिय राजधानी नयाँ दिल्लीका छ अस्पतालहरूमा आइसोलेसनका लागि ७० कोठाहरूको व्यवस्था गरिएको छ भने केरला सरकारले पनि भाइरल रोगलाई फैलन नदिन प्रयाप्त प्रबन्ध मिलाएको जनाएको छ । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.