• Trending:

विराटनगरमा राजस्व असुलीको प्रतिशत घट्दै

विराटनगरमा राजस्व असुलीको प्रतिशत घट्दै

Economist Nepal

Fri, Saun 20 2079

विराटनगरमा राजस्व असुलीको प्रतिशत घट्दै


विराटनगरमा राजस्व असुलीको प्रतिशत घट्दै



kharibot

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ ।

कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।

कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि क २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट  एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७७/७८ मा कार्यालयले कूल ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो ।

सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.