• Trending:

अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम

अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम

Economist Nepal

Fri, Saun 20 2079

अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम


अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम



kharibot

प्रतिनिधि तस्बीर

वासिङटन । जुलाईमा अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले शुक्रबार जनाएको छ । 

अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महिनामा पनि उल्लेख्य देखिएको छ । थप पाँच लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ ।

कोभिड–१९ महामारीपछि उद्योग तथा फर्महरूले मागेको जनशक्तिका कारण यस पहिले रोजगारी गुमेका अत्यधिक व्यक्तिले रोजगारी पाएका कारण अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले जनाएको छ । 

तथ्याङ्कअनुसार कूल गैर–कृषि रोजगार पनि महामारीअघिको स्तरसम्म पुनः पुगेको तथ्याङ्कले देखाएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.