• Trending:

मुख्यमन्त्रीको गुनासो- मैले भनेको कर्मचारीले नमान्दा रकम भुक्तानी भएन

मुख्यमन्त्रीको गुनासो- मैले भनेको कर्मचारीले नमान्दा रकम भुक्तानी भएन

Economist Nepal

Sat, Saun 21 2079

मुख्यमन्त्रीको गुनासो- मैले भनेको कर्मचारीले नमान्दा रकम भुक्तानी भएन


मुख्यमन्त्रीको गुनासो- मैले भनेको कर्मचारीले नमान्दा रकम भुक्तानी भएन



kharibot

सुर्खेत । आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् ।

असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजानिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो । 

आफ्नो हिसाव नमिलेपछि जनताको भुक्तानी दिन आनाकाँनी गरेको उनले बताए ।

कर्णाली प्रदेश सरकारको मताहातमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.