बाह्र वर्षदेखि पुल निर्माण अलपत्र
काठमाडौँ । भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुल बाह्र वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।
निर्माणमा ढिलाई भएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।
स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल सम्झौताअनुसार विसं २०७० मा सक्नु पर्ने थियो ।
पुल निर्माणमा हालसम्म रु तीन करोड ८५ लाख खर्च भइसकेको कार्यालयले जनाएको छ । अब पुललाई पूर्णता दिन नयाँ बोलपत्र आह्वान गरिने कार्यालयको भनाइ छ ।
Comments
Related News