ब्राइटनसँग हार्यो म्यानचेस्टर युनाइटेड
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनमा खराब शुरुवात गरेको छ ।
आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो । युनाइटेडले आफ्नो घरेलु मैदानमा हारबाट नयाँ सिजनको शुरुवात गरेको छ ।
ब्राइटनको जितमा पासकल ग्रोबले दुवै गोल गरेका थिए । उनले खेलको ३० र ३९औं मिनेटमा गोल गरेका थिए । युनाइटेडका लागि एक गोल ब्राइटनका एलेक्सिस म्याक अलिस्टरले आत्मघाती गोल गरेका थिए ।
यस खेलमा प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए । रोनाल्डो खेलको ५३औँ मिनेटदेखि फ्रेडको ठाउमा खेलेका थिए ।
यो जितसँगै ब्राइटनले महत्वपूर्ण जित हासिल गर्दै सिजनको उत्कृष्ट शुरुवात गरेको छ ।
Comments
Related News