विहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
काठमाडौँ । विहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा गरेका छन् ।
नितिश कुमारले भाजपासहितको एनडीए गठबन्धन तोडेदै मुख्यमन्त्रीबाट राजीनामा गरेका हुन् । उनले मंगलबार राज्यपाललाई भेटेर राजीनामा दिएको जानकारी गराएका छन् ।
राजीनामा दिएपछि नितिशले विपक्षी दलहरुसँग मिलेर महागठबन्धन बनाएर फेरी सरकार बनाउने दाबि पनि गरेका छन् ।
नितिश अब अहिलेका प्रतिपक्षि दलहरु राष्ट्रिय जनता दल, भारतीय नेशनल कांग्रेस र कम्युनिष्ट पार्टीसंग मिलेर सरकार बनाउने तयारी गरेका छन् ।
२४३ सदस्यीय बिहार बिधान सभामा लालु यादवको राष्ट्रिय जनता दलको ७९, भाजपाको ७७, नितिशको पार्टी जेडियुको ४५, कांग्रेसको १९ र कम्युनिष्ट पार्टीको १२ सिट रहेको छ ।
Comments
Related News