नितिश कुमारले आठौँ पटक विहारको मुख्यमन्त्रीको शपथ
काठमाडौँ । बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको शपथ लिएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए ।
नितिशले विपक्षी दलहरुको सहयोगमा आठौ पटक मुख्यमन्त्रीको शपथ लिएका हुन् । त्यस्तै आजै राष्ट्रिय जनता दल नेता तेजश्वी यादवले उपमुख्यमन्त्रीको शपथ लिएका छन् ।
मुख्यमन्त्रीको शपथ पछि छिटै मन्त्रिमण्डल गठन गरिने नितिश कुमारले जानकारी दिएका छन् ।
२४३ सदस्यीय बिहार बिधान सभामा लालु यादवको राष्ट्रिय जनता दलको ७९, भाजपाको ७७, नितिशको पार्टी जेडियुको ४५, कांग्रेसको १९ र कम्युनिष्ट पार्टीको १२ सिट रहेको छ ।
९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् ।
Comments
Related News