रुसी आक्रमणमा १३ जना सर्वसाधारण मारिए
युक्रेन । मध्य युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा परी तेह्र जना सर्वसाधारण मारिएका स्थानीय गभर्नरले बुधबार बताएका छन् ।
‘यो भयानक रात थियो । एघार जना मारिए’ भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममा लेखेका छन् ।
घाइते मध्ये दुई जनाको मृत्यु भएपछि यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या १३ पुगेको गभर्नर थप जानकारी दिएका छन् ।
जापोरिझ्झिया आणविक उर्जा केन्द्रबाट निपर नदीको अर्को छेउमा रहेको मार्गानेट गाउँमा भएको आक्रमणमा परी १२ जना मारिएका क्षेत्रीय परिषद्का प्रमुख माइकोला लुकाशुकले बताएका छन् । प्रशासनिक भवनहरु, अग्लो भवनहरु, एउटा विद्यालय, एउटा सांस्कृतिक दरबार, एउटा नगर परिषद्को भवन,“ क्षतिग्रस्त भएको उनले बताएका छन् । रुस र युक्रेनले एकअर्कालाई प्लान्टनजिकै गोलाबारी गरेको आरोप लगाएका छन् ।