• Trending:

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश

Economist Nepal

Wed, Saun 25 2079

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश


नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश



kharibot

काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो ।

महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्म नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न र संरचना हटाउनु पर्नाको कारण पेस गर्न आदेश दिएको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.