• Trending:

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ- दलित आयोग

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ- दलित आयोग

Economist Nepal

Wed, Saun 25 2079

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ- दलित आयोग


नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ- दलित आयोग



kharibot

काठमाडौँ । राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ । दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता नाम लेखेर  दलितलाई अपमान गरेको भन्दै आयोगले आपत्ति जनाएको हो । 

आज यहाँ आयोजित साक्षात्कारमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता लिने व्यक्तिलाई मात्र नभएर त्यसको असर तिनका पुस्तौँपुस्तासम्म पर्ने उल्लेख गरे ।

उनले भने, “नागरिकतामा अपमानजनक शब्द राख्नु राम्रो होइन ।” आयोगले नागरिकतामा राखिएको थर सच्चाउनका लागि संशोधनको कुरा उठाउँदै आएको उनको भनाइ छ ।

कार्यक्रममा सांसद अञ्जना बिसंखे, भुवन सुनार, सामाजिक अभियन्ता प्रदीप परियारलगायतले दलितका मुद्दामा राज्य गम्भीर हुनुपर्ने बताए ।  

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.