• Trending:

अझै बजेट पेश गरेनन् ६३ वटा स्थानीय तहले

अझै बजेट पेश गरेनन् ६३ वटा स्थानीय तहले

Economist Nepal

Thu, Saun 26 2079

अझै बजेट पेश गरेनन् ६३ वटा स्थानीय तहले


अझै बजेट पेश गरेनन् ६३ वटा स्थानीय तहले



kharibot

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेको बताएको छ । 

मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेका छन् । 

हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नं.१ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ वटा रहेका छन् । 

गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेश गरिसकेको मन्त्रालयले जनाएको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.