• Trending:

प्रतिनिधिसभा- काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण

प्रतिनिधिसभा- काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण

Economist Nepal

Sun, Saun 29 2079

प्रतिनिधिसभा- काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण


प्रतिनिधिसभा- काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण



kharibot

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरे ।

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताए । उनले सांस्कृतिक सहर काठमाडौँको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरे । एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौँका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताए ।

बैठकको शून्य र विशेष समयमा सांसदहरुले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । सांसद राजन केसी, निरु पाल, रामवीर मानन्धर, हितबहादुर तामाङ, यज्ञराज सुनुवार, प्रेम सुवाललगायतले विविध विषयमा ध्यानाकर्षण गराएका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.