• Trending:

हेटौडामा डेङ्गु नियन्त्रणको प्रयास

हेटौडामा डेङ्गु नियन्त्रणको प्रयास

Economist Nepal

Mon, Saun 30 2079

हेटौडामा डेङ्गु नियन्त्रणको प्रयास


हेटौडामा डेङ्गु नियन्त्रणको प्रयास



kharibot

प्रतिनिधि तस्बीर

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेङ्गु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ ।  

 उपमहानगरपालिका स्वास्थ्य महाशाखाले ६५ डेङ्गु बिरामी फेला परेको जनाएको छ । डेङ्गु रोगबाट प्रभावित भई गम्भीर प्रकृतिका बिरामीको काठमाडौँको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार गराइरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।

वडा नम्वर ३, १२, १४, १५ र १७ मा पनि डेङ्गुका बिरामी फेला परेको र ती बिरामीलाई अहिले चिकित्सकले परीक्षण गरी चितवनको भरतपुर अस्पताल र हेटौँडा अस्पतालमा भर्ना गरी उपचार भइरहेको उनले जानकारी दिए ।

उपमहानगरपालिकाको विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले स्वास्थ्यकर्मी परिचालन गरी रगतको नमूना सङ्कलन गर्ने र प्रत्येक वडाको टोलटोल पुगेर डेङ्गु रोगका बारेमा जानकारी दिने बताए । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.