• Trending:

पार्टीको गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई

पार्टीको गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई

Economist Nepal

Mon, Saun 30 2079

पार्टीको गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई


पार्टीको गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई



kharibot

काठमाडौं । राप्रपाले ४ मसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिको मंगलवार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको उनले बताए । 

साथै चुनावी घोषणापत्र बनाउन प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.जयन्तनाथ खनाल र हेमराज कार्की सदस्य रहेको मस्यौदा समिति गठन गरेको प्रवक्ता तथा प्रचार विमाग प्रमुख श्रेष्ठले बताए । 

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.