बालेन बारे हर्क साम्पाङको टिप्पणी- गुलेलीले हान्यो त्यसैले सकिएन भन्ने बहनाको कुनै तुक छैन
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरको फोहोर व्यवस्थापन बारे कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै मेयर साम्पाङले गुलेलीले हान्यो त्यसैले सकिएन भन्ने बहनाको कुनै तुक नभएको बताएका छन् ।
यसअघि काठमाडौँका मेयर बालेनले फोहोर व्यवस्थापनका क्रममा आज लुकेर गुलेली हानि अवरोध गरेको बताएका थिए ।
साम्पाङले काठमाडौँको फोहोर व्यवस्थापनमा सख्तीका साथ प्रस्तुत हुनुपर्ने बताउदै फोहोरी राजनीतिले फोहोरकै राजनीति गरेर झन फोहोरी बनाएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्-
काठमाडौँको फोहोर व्यवस्थापनमा सख्तीका साथ प्रस्तुत हुनुपर्छ ! गुलेलीले हान्यो त्यसैले सकिएन भन्ने बहनाको कुनै तुक छैन ! फोहोरी राजनीतिले फोहोरकै राजनीति गरेर झन फोहोरी भो ।