बाबुराम र बामदेव माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने
काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिने भएका छन् ।
नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो ।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले डा. भट्टराई र गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । प्रवक्ता महराले दुवै दलले माओवादी केन्द्रसँग अन्य शर्तहरु पनि राखेको र ति शर्तहरुका विषयमा छलफल जारी रहेको बताएका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बिहान ८ बजे फेरी बस्ने भएको छ ।