• Trending:

एक वर्षमा भित्रियो एक अर्ब बढीको घडी

एक वर्षमा भित्रियो एक अर्ब बढीको घडी

Economist Nepal

Tue, Saun 31 2079

एक वर्षमा भित्रियो एक अर्ब बढीको घडी


एक वर्षमा भित्रियो एक अर्ब बढीको घडी



kharibot

काठमाडौं । नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरु भित्रने गरेका छन् । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको घडी नेपालले आयात गरेको हो । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको घडी भित्रिएको विभागले जनाएको छ । 

सो अवधिमा उक्त मुल्यमा ९० भन्दा बढी विभिन्न प्रकारका घडी नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

गत वर्ष ७७ करोड ३ लाख ८२ हजार रुपैयाँको नाडी घडी नेपालमा भित्रिएको छ । सोही सयमा ७ करोड ३४ लाख ९५ हजार रुपैयाँको भित्ते घडी भित्रिएको देखिन्छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६४ करोड ५८ लाख ९० हजार रुपैयाँको विभिन्न प्रकारका घडी नेपालले आयात गरेको थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.