• Trending:

भारतमा एकै दिन ८ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एकै दिन ८ हजारभन्दा बढी कोरोना सङ्क्रमित

Economist Nepal

Tue, Saun 31 2079

भारतमा एकै दिन ८ हजारभन्दा बढी कोरोना सङ्क्रमित


भारतमा एकै दिन ८ हजारभन्दा बढी कोरोना सङ्क्रमित



kharibot

नयाँदिल्ली । भारतमा एकै दिनमा आठ हजार आठ सय १३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ ।

भारतमा एक दिन अगाडी १४ हजार नौ सय १७ सङ्क्रमित भएका थिए । कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १५ हजार ४० जना कोरोना मुक्त भएका छन् । यसैसँगै  कूल चार करोड ३६ लाख ३८ हजार आठ सय ४४ जना कोरोनामुक्त भएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ । 

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब आठ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.