• Trending:

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन- ओली

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन- ओली

Economist Nepal

Tue, Saun 31 2079

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन- ओली


महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन- ओली



kharibot

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् । 

काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई रोक्न पार्टीका महिलापंक्तिलाई आग्रह गरेका हुन् । 

महिला जागरण र महिला सशक्तीकरणलाई गलतरुपमा व्याख्या गर्न नहुने बताएका उनले राजनीतिमा महिलाको संख्या धेरै हुनुपर्नेमा जोड दिए । 

महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने बताउँदै अध्यक्ष ओलीले महिलालाई राजनीतिमा आउन हौसाए । महिलाले राजनीति नगरे आधा समाजले राजनीति नगर्ने उनको भनाइ छ । 

राजनीतिप्रति घृणा गर्नु भनेको देश बनाउने कुरालाई घृणा गर्नु रहेको भन्दै उनले राजनीति देश बनाउने र जनताको समस्या समाधान गर्दै समृद्धि गर्ने विषय रहेको दाबी गरे । 

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.