• Trending:

पेट्रोलियम पदार्थको मुल्य भारतबाट पुनः घटेर आयो

पेट्रोलियम पदार्थको मुल्य भारतबाट पुनः घटेर आयो

Economist Nepal

Tue, Saun 31 2079

पेट्रोलियम पदार्थको मुल्य भारतबाट पुनः घटेर आयो


पेट्रोलियम पदार्थको मुल्य भारतबाट पुनः घटेर आयो



kharibot

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मुल्य पुनः घटेर आएको छ । आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसनले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।

यो सँगै भारतबाट लगातार तेस्रो पटक इन्धनको मूल्य घटेर आएको छ । तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य भने घटाएको छैन ।

यस अघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस्तै साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

मुल्य घटेर आएसँगै अहिले निगम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको निगमले जानकारी दिएको छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.