• Trending:

माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव

माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव

Economist Nepal

Tue, Saun 31 2079

माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव


माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव



kharibot

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।

माओवादीको आजै बसेको स्थायी समितिको बैठकले डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।

सोही निर्णयानुसार नै माओवादीका तर्फबाट केन्द्रीय कार्यालयका सदस्य शिव खकुरेल र समाजवादी पार्टीका केन्द्रीय कार्यालयकै मुख्यसचिव फणिन्द्र देवकोटालाई निर्वाचन आयोगमा त्यससम्बन्धी जानकारीका लागि पठाइएको छ । दुई दलले आयोगमा संयुक्तरूपमा निवेदन दिएका छन् ।

यस आधारमा अब माओवादीको निर्वाचन चिह्न हँसिया हथौडा प्रयोग हुनेछ । यस्तै राष्ट्रियसभा सदस्य वामदेव गौतमको नेतृत्वको नेकपा एकता अभियानले पनि माओवादीकै निर्वाचन चिह्न प्रयोग गर्नेछ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.