सामाजिक सञ्जालमा प्रचण्डलाई बालेनको प्रहार !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रहर गरेका छन् ।
बालेनले फोहोर लैजान प्रयोग गरिने ककनीको बाटोको भिडियो शेयर गर्दै फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले देश बनाउँदैछु भनेर भन्दै हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् ।
सो बाटोको ठेक्का प्रचण्डका घरबेटी समेत रहेका शैलुङ कन्ट्रक्सनका सञ्चालक शारदा अधिकारीले लिएका छन् ।
उनले भनेका छन्-
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।