• Trending:

माओवादी केन्द्रको को बन्ला महासचिव ?

माओवादी केन्द्रको को बन्ला महासचिव ?

Economist Nepal

Thu, Bhadra 2 2079

माओवादी केन्द्रको को बन्ला महासचिव ?


माओवादी केन्द्रको को बन्ला महासचिव ?



kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्र आज पदाधिकारीको टुंगो लगाउने तयारीमा रहेको छ ।

आजै बस्ने  स्थायी कमिटीको बैठकले भूमिकाको हिसाबले महत्वपूर्ण मानिएको महासचिवसहित बाँकी पदाधिकारी टुंगाउने तयारी गरेको हो ।

महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएको थियो । बाँकी पदाधिकारी आज टुंगो लाग्ने छन् । माओवादीको विधानअनुसार एक अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था रहेकोछ ।

विशेषत महासचिवका लागि प्रचण्ड नजिकका दुई नेता वर्षमान पुन र जनार्दन शर्मा प्रमुख दाबेदार बनेपछि प्रचण्डलाई निर्णय गर्न मुस्किल भइरहेको छ । माओवादी केन्द्रमा प्रचण्डपछि पार्टी सम्हाल्ने गरी आफ्नो भूमिका बनाउन पनि पुन र शर्माले महासचिव पदलाई महत्व दिएपछि प्रचण्ड मुस्किलमा परेका हुन् ।

यसैबीच पुन र शर्माले आआफ्नो दाबि नाछोदेपाची देव गुरुङ महासचिव बन्ने समभावना समेत रहेको बताइएको छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.