• Trending:

हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ- प्रचण्ड

हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ- प्रचण्ड

Economist Nepal

Thu, Bhadra 2 2079

हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ- प्रचण्ड


हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ- प्रचण्ड



kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पार्टी पहिला जस्तो नरहेको टिप्पणी गरेका छन् ।

बिहीबार विहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औँ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी पहिलाको जस्तो नरहेको टिप्पणी गरेका हुन् ।

प्रचण्डले आफुहरु हिजोको जस्तो क्रान्तिकारी नभएको उल्लेख गर्दै बढी स्वार्थी भएको बताएका छन् ।

प्रचण्डले भने- ‘ पार्टी अहिले पहिलाको जस्तो छैन, धेरै नै बिग्रेको छ । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ ।’

प्रचण्डले पार्टीमा सामुहिक भावना भन्दा स्वार्थ समुह र गुट बनाउने प्रवृति बढेको बताए । उनले भने- ‘हामीले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिस्पर्धा गरेर त्याग गर्नेतिर होइन, आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर उद्दत हुन थालेका छौँ ।’

साथै प्रचण्डले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने समेत बताए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.