• Trending:

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

Economist Nepal

Thu, Bhadra 2 2079

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध


मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध



kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।

‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो ।  हामी विश्वास गर्छौं कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भने । मानिसबाट जनाबरमा मंकीपक्स संक्रमण सरेसँग डब्लूएचओले सावधानी दर्शाउन सबैलाई आग्रहसमेत गरेको छ । 

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.