• Trending:

मेरो सेयरको सेवा आज साँझदेखि अवरुद्ध हुने

मेरो सेयरको सेवा आज साँझदेखि अवरुद्ध हुने

Economist Nepal

Thu, Bhadra 2 2079

मेरो सेयरको सेवा आज साँझदेखि अवरुद्ध हुने


मेरो सेयरको सेवा आज साँझदेखि अवरुद्ध हुने



kharibot

महोत्तरी । बर्दिबास नगरपालिकाले अनुदानकाे मल वितरक खारेज गर्ने निर्णयविरुद्ध उच्चअदालत जनकपुरले उत्प्रेषण परमादेश जारी गरेको छ । मल वितरक खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आज उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको हो ।

आव २०७७/७८ मा तत्कालिन स्थानीय सरकारले  नियुक्त गरेका वितरकहरूलाई खारेज गर्ने निर्णय गर्दै मल बिक्रेताको लागि पुन: निवेदन दिन नगरले सूचना निकालेको थियो  ।

नगरपालिकाले मल वितरकहरूलाई राजनैतिक पूर्वाग्राही ढङ्गले हटाएको आरोप लागिरहेको वेला उच्च अदालतले जारी गरेको आदेशले पुराना मल वितरकहरूलाई राहत मिलेको छ । 

२९ साउनमा कार्यापालिकाको निर्णय र ३० साउनमा वितरकहरूको लागि निकालिएको सूचना यथावत राख्न अदालतले आदेश जारी गरेको हो । न्यायाधीश  रेखा थापा पाण्डेको इजलासबाट जारी उक्त आदेशमा ५ असोजमा पक्ष र विपक्ष दुवै पक्षलाई अदालतमा उपस्थित हुन आग्रह गरिएको छ ।

उक्त उत्प्रेषण परमादेश जारी हुनुभन्दा पहिला अधिवक्ता मुकेश कार्कीले बहस गरेका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.