• Trending:

दिल्लीका उपमुख्यमन्त्री सिसोदियाको घरमा सीबीआईको छापा

दिल्लीका उपमुख्यमन्त्री सिसोदियाको घरमा सीबीआईको छापा

Economist Nepal

Fri, Bhadra 3 2079

दिल्लीका उपमुख्यमन्त्री सिसोदियाको घरमा सीबीआईको छापा


दिल्लीका उपमुख्यमन्त्री सिसोदियाको घरमा सीबीआईको छापा



kharibot

काठमाडौँ । भारतको दिल्लीका उपमुख्यमन्त्री एवं शिक्षामन्त्री मनीष सिसोदियाको घरसहित २१ ठाउँमा सीबीआईले छापा मारिरहेको छ । अनुसन्धान एजेन्सीले शुक्रबार बिहान साढे ८ बजेदेखि सिसोदियाको घरमा छापा मारिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

सिबिआईले २०२१ मा दिल्लीमा लागु गरिएको रक्सीसम्बन्धि नीति लागु गर्दा प्रक्रिया नपुर्याएको आरोप लगाएको छ ।  

रिपोर्टका अनुसार सिबिआईका अधिकारीहरूले उनी र परिवारका अन्य सदस्यहरूको फोन र ल्यापटप जफत गरेका छन् । आम आदमी पार्टीले केजरीवाललाई रोक्न यो कारबाही गरेको बताएको छ । यसअघि भाजपाले पञ्जाब चुनावअघि केजरीवाल र रक्सी माफियाबीच सम्झौता भएको आरोप पनि लगाएको थियो ।

सीबीआई छापामार्न आएपछि सिसोदियाले स्वागत छ भन्दै ट्वीट गरेका थिए  । उनले लेखेका थिए- ‘सीबीआई आएको छ । उहाँहरुलाई स्वागत छ । हामी अत्यन्त इमानदार छौं । लाखौं बालबालिकाको भविष्य बनाउने । हाम्रो देशमा राम्रो काम गर्नेलाई यसरी दुर्व्यबहार हुनु दुर्भाग्यपूर्ण हो । त्यसैले हाम्रो देश नम्बर वान हुन सकेको छैन ।’

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.