• Trending:

जलजलेमा यातायात कार्यालयको भवन बनाउन मन्त्रीको अनुगमन

जलजलेमा यातायात कार्यालयको भवन बनाउन मन्त्रीको अनुगमन

Economist Nepal

Fri, Bhadra 3 2079

जलजलेमा यातायात कार्यालयको भवन बनाउन मन्त्रीको अनुगमन


जलजलेमा यातायात कार्यालयको भवन बनाउन मन्त्रीको अनुगमन



kharibot

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा यातायात व्यवस्था कार्यालयको भवन निर्माण गर्न मन्त्रीद्वारा अनुगमन गरेको छ ।

प्रदेश एक का यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे र भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले स्थलगत निरीक्षण गरेसँगै यातायात कार्यालय जलजलेमा निर्माण हुन लागेको  हो । 

प्रदेश सरकारले उदयपुरमा यातायात व्यवस्था कार्यालय निर्माण गर्न ५० लाख विनियोजन गरी सकेको छ ।

त्रियुगा नगरपालिका–६ को वडा कार्यालय रहेको जग्गामै यातायात कार्यालयको भवन बनाउन अनुगमन गरेको हो । वडा कार्यालयले यातायात कार्यालयलाई भोगाधिकार दिने गरी निर्णय गरी सकेको जनाएका छन् । 

स्थलगत निरीक्षणपछि यातायात मन्त्री घिमिरेले ४/५ दिन भित्र मन्त्री परिषद्बाट भवन बनाउने निर्णय गरी काम सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले निर्वाचन अघि नै यातायातको भवन जलजलेमा बनी सक्ने गरी काम हुने आश्वासन स्थानीयलाई दिएका थिए ।

जलजलेका युवाहरूले यातायात कार्यालय त्रियुगा नगरपालिका–६ मा हुनु पर्ने भन्दै बारम्बार अभियान चलाउँदै आएका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.