• Trending:

मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

Economist Nepal

Sat, Bhadra 4 2079

मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ


मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ



kharibot

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशंकर सोनार रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध नाइट्रोभेट ६ सय ट्याब्लेट, डाइजेपाम ९ सय ३० एम्पुलसहित बिहीबार पक्राउ गरेको हो ।

वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नंको यात्रुवाहक बसलाई हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार रञ्जितले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषधी बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधका बारेमा सोधपुछ गर्दा जटाशंकररले पठाएको भनी खुल्न आएको र रञ्जित बसभन्दा अगाडि ना २६ प ७९८० नंको मोटरसाइकलमा चितवनतर्फ गएको भनी बताएपश्चात् निजलाई समेत साथमा लिई चितवनतर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.