माओवादीको २१ सदस्यीय पदाधिकारीमा एक मात्र महिला !
काठमाडौँ । नेकपा माओवादी केन्द्रले महाधिवेसन सकिएको करिब सात महिनापछि पदाधिकारी टुंगाएको छ । २१ सदस्यीय माओवादी केन्द्रको पदाधिकारीमा केबल एक जना महिलाले स्थान पाएकी छन् ।
माओवादी केन्द्रले शनिबार घोषणा गरेको पदाधिकारीमा हाल उर्जामन्त्री रहेको पम्फा भुसाललाई उपमहासचिव बनाएको छ । माओवादी केन्द्रले अन्य महिला नेतृलाई पदाधिकारीमा स्थान दिन सकेको देखिएको छैन ।
माओवादी केन्द्रको पदाधिकारीमा माओवादी केन्द्रको २१ सदस्यीय पदाधिकारीमा अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहेका छन् ।
यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।