• Trending:

प्रहरी प्रधान कार्यालयमा श्रव्यदृश्य आधारभूत तालिम सुरु

प्रहरी प्रधान कार्यालयमा श्रव्यदृश्य आधारभूत तालिम सुरु

Economist Nepal

Sun, Bhadra 5 2079

प्रहरी प्रधान कार्यालयमा श्रव्यदृश्य आधारभूत तालिम सुरु


प्रहरी प्रधान कार्यालयमा श्रव्यदृश्य आधारभूत तालिम सुरु



kharibot

काठमाडौ । प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा चौथो समूहको श्रव्यदृश्य आधारभूत तालिम सुरु भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले आइतबार तालिमको उद्घाटन गरेका छन् । 

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले अपराध अनुसन्धान नेपाल प्रहरीको प्रमुख दायित्व भएकोले तालिमपश्चात प्राप्त हुने ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका थिए । 

यस्ता सामग्रीले अपराधको मिहिन रूपमा अनुसन्धान गर्न सहयोग पुग्ने भएकोले संवेदशील भएर सीप हासिल गर्नुपर्ने उनले बताए । 

तालिममा के सिकियो भन्दा पनि सिकेको सीपलाई कार्यक्षेत्रमा कसरी उता¥यो भन्ने कुरा महत्वपूर्ण रहने भएकोले त्यसतर्फ लगनशील एवं दत्तचित्त भएर प्रशिक्षणमा सहभागी हुन समेत उनले प्रशिक्षार्थीहरूलाई निर्देशन दिएका थिए । 

कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४, प्रहरी हवल्दार २, प्रहरी सहायक हवल्दार १ र प्रहरी जवान १३ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका छन् । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.