गिरीको निधनप्रति विहारका मुख्यमन्त्री नितिशकुमारले भने- एक सच्चा नेपाली साथी गुमाए
काठमाडौँ । भारतको विहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरीको निधनप्रति दुख व्यक्त गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री नितिशले नेता गिरीसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको थियो भन्दै उनी दार्शनिक र समाजवादी विचारक रहेको उल्लेख गरेका छन् ।
गिरीको निधनले आफु स्तब्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री नितिशले आफुले एक सच्चा नेपाली साथी गुमाएको बताएका छन् ।
नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । स्वर्गीय गिरीको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।
Comments
Related News