• Trending:

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धुम्बाराहीबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धुम्बाराहीबाट पक्राउ

Economist Nepal

Sun, Bhadra 5 2079

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धुम्बाराहीबाट पक्राउ


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धुम्बाराहीबाट पक्राउ



kharibot

काठमाडौं  । बैंकिङ कसूर मुद्दाका एक जना फारार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सबिना थापा रहेकी छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनले २०७९ असार ७ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १२ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो । 

त्यसरपछि फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट  पक्राउ गरेको हो । 

थापाले आफ्नो खातामा प¥याप्त मौज्दात रकम नभएको एनआईसी एशिया बैंक लिमिटेड भक्तपुर ठिमीमा रहेको उनको बैंक खाताबाट दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.