बार्सिलोनाको जितमा लेवानडोस्कीको २ गोल
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बर्सिलोनाले रियल सोसियडाडविरुद्ध शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए । योसँगै लेवानडोस्कीले ला लिगाको आफ्नो दोस्रो खेलमा बार्सिलोनाका लागि गोलको खाता खोलेका छन् ।
त्यस्तै बार्सिलोनाका लागि उसमान डेम्बेले र अन्सु फातिले एक एक गोल गरेका थिए ।
त्यस्तै रियल सोसियडाडका लागि अलेक्जेन्डर इसाकले एक गोल गरेका थिए ।
बार्सिलोनाको ला लिगाको यस सिजनमा खेलेको दोस्रो खेलमा पहिलो जित हो । यस अघि पहिलो खेलमा बराबरीमा रोकिएको थियो । यो जितपछि बार्सिलोनाको २ खेलमा ४ अंक भएको छ ।
त्यस्तै रियल सोसियडाडको भने २ खेलमा ३ अंक रहेको छ ।