• Trending:

सरकारसँग तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन अनशन

सरकारसँग तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन अनशन

Economist Nepal

Mon, Bhadra 6 2079

सरकारसँग तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन अनशन


सरकारसँग तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन अनशन



kharibot

काठमाडौँ  । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् ।

सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.