म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा जाडोन सान्चो र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । सान्चोले खेलको १६औं मिनेटमा गोल गरेका थिए भने भने राशफोर्डले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै लिभरपुलका लागि एक गोल खेलको ८१औं मिनेटमा मोहमद सलाहले गरेका थिए ।
युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले यस खेलमा क्रिस्टियानो रोनाल्डोलाई सब्सटिच्युटमा राखेका थिए । रोनाल्डोले यस खेलमा खेलको ८६औँ मिनेटपछि मात्र मैदान प्रवेश गरेका थिए ।
यस सिजनमा शुरुका दुई खेलमा हार बेहोरेर खराब शुरुवात गरेको युनाइटेडलाई यस जितले ठुलो राहत मिलेको छ ।
यो जितपछि युनाइटेडको ३ खेलमा ३ अंक भएको छ । त्यस्तै लिभरपुलले पनि यस सिजनमा खराब शुरुवात गरेको छ । लिभरपुलले शुरुका दुई खेल बराबरी खेलेकोमा अब तेस्रो खेलमा हार बेहोरेपछि दबाब बढेको छ । यस खेलपछि लिभरपुलको ३ खेलमा २ अंक रहेको छ ।