बीजेपी नेतृ एवं बिगबोस फेम सोनाली फोगटको निधन
काठमाडौँ । भारतको बीजेपी नेतृ, बिग बोस फेम र टिकटक स्टार सोनाली फोगाटको हृदयघातका कारण निधन भएको छ ।
भारतीय मिडियाहरुले ४२ बर्षिय सोनालीको गोवामा निधन भएको उल्लेख गरेका छन् ।
सोनालीका श्रीमानको धेरै वर्षअघि निधन भएको थियो । २०१९ मा उनले भाजपाको टिकटमा आदमपुरबाट विधानसभा चुनाव लडेकी थिइन् ।
सोनालीले सन् २००६ मा एन्करिङबाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनी हिसार दूरदर्शनका लागि एंकर गर्थिन् । दुई वर्षपछि सन् २००८ मा उनी बीजेपीमा सामेल भइन् र त्यसबेलादेखि उनी राजनीतिमा सक्रिय भइन् । सोनालीले पञ्जाबी र हरियाणवी फिल्म, म्युजिक भिडियो गरिसकेकी छिन् । सन् २०१९ मा उनले फिल्म चोरियाँ चोरों से कम नही होतीमा काम गरे । यो उनको पहिलो फिल्म थियो । बिग बोसका क्रममा उनले श्रीमानको मृत्युपछि धेरैले उनलाई मानसिक रूपमा सताउने प्रयास गरेको खुलासा गरेकी थिइन् । त्यतिबेला उनी निकै एक्लै थिइन् ।
किसान आन्दोलनका बेला सोनाली आफ्नो बयानका कारण निकै चर्चामा थिइन् । किसान आन्दोलनबारे उनले कृषि ऐन किसानको हितमा रहेको बताएकी थिइन् ।