भीम रावल भन्छन्- सरकारले स्वास्थ्यकर्मी निर्यात गर्ने राष्ट्रहित विरोधी निर्णय गर्यो
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सरकारले बेलायत सरकारसँग नर्स पठाउन गरेको श्रम सम्झौताको विरोध गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले यस सम्झौतालाई राष्ट्र हित विरोधी निर्णय भनेका छन् ।
उनले देशमा नै अप्रयाप्त, ठूलो लगानीबाट तयार स्वास्थ्य जनशक्तिको निर्यात निन्दनीय रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले ब्रिटेनमा स्वास्थ्य जनशक्तिको अभावले स्वास्थ्य क्षेत्र ध्वस्त हुने प्रतिवेदन आएको दुई दिनमै स्वास्थ्यकर्मी निर्यात गर्ने राष्ट्रहित विरोधी निर्णय गरी हालै सम्झौता गरेको छ । देशमा नै अप्रयाप्त, ठूलो लगानीबाट तयार स्वास्थ्य जनशक्तिको निर्यात निन्दनीय छ ।
सरकारले सोमबार मात्र बेलायतसँग नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।