बाँझो जग्गामा खेती गर्नेलाई तारा खोलाको प्रति रोपनी २ हजार
बाग्लुङ । तारा खोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ ।
बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरुप प्रति रोपनी २ हजार दिने भएको हो ।
ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाँझिदै गएको र उत्पादन घटर्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो ।
यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।
Comments
Related News