काठमाडौं मलमा बनाइएका नियम विपरितका संरचनामा महानगरले चलायो डोजर
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल अगाडी बनेको नियम विपरितका संरचनामा डोजर चलाएको छ ।
बुधबार बिहान मेयर बालेन साहकै उपस्थितिमा काठमाडौँ मलअगाडी बनाइएका नियम विपरितका संरचना हटाएको हो ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल भाडामा लिएकाहरुले अनधकिृत रुपमा संरचना बनाएर व्यवसाय गरिरहेका थिए ।
काठमाडौँ महानगरले यस अघि काठमाडौँको बानेश्वरमा बनेका नियम विपरितका संरचना हटाएको थियो । यस अघि महानगरले ३५ दिने सूचना निकाल्दै नक्सा पास गर्दा उल्लेख भएका बाहेक अन्य संरचना हटाउन अनुरोध गरेको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले नियम विपरितका संरचनामा डोजर चलाउन शुरु गरेको छ ।
Comments
Related News