• Trending:

एक महिनामा साढे २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

एक महिनामा साढे २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

Economist Nepal

Wed, Bhadra 8 2079

एक महिनामा साढे २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात


एक महिनामा साढे २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात



kharibot

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । 

गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो । 

विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ । 

सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । 

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.