प्रभु बैंक र सर्लाहीको सीता प्यालेस होटलबीच आकर्षक छुट गर्ने सम्झौता
सर्लाही । प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरेबाट उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले सीता प्यालेस होटलद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौता अन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सीता प्यालेस होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।