निहारिकाको बच्चा र आरोपि श्रेष्ठको डीएनए टेस्ट गर्न उच्च अदालत जनकपुरको आदेश
काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधिश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले सरकारी वकिलको माग बमोजिम निहारिकाको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको हो ।
निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै आएकी थिइन् ।
उनले आफ्नो बच्चा र आरोपीको डीएनए म्याच गराउनुपर्ने माग राख्दै अनशन बस्ने देखि प्रदर्शन गर्ने गर्दै आएकी थिइन् । पछिल्लो पटक सरकारका तर्फबाट कानूनमन्त्री गोबिन्द बन्दी कोइरालाले उनको माग पूरा गराउने आश्वासन दिदै अनशन तोडाएका थिए ।
Comments
Related News