कमल थापा नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउदै परेको रिट खारेज
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको बैधानिकता माथी प्रश्न उठाउदै उच्च अदालत पाटनमा परेको रिट निबेदनलाई आज उच्च अदालतले खारेज गरेको छ ।
उच्च अदालत पाटनले राप्रपा नेपालका अध्यक्ष कमल थापा, उपाध्यक्ष लाक्पा तामाङ, सहमहामन्त्री आराम तामाङ र निर्वाचन आयोगविरुद्ध प्रदिप विक्रम राणाले राप्रपा नेपालको नेतृत्व दाबी गर्दै दायर गरेको मुद्दामा न्यायाधीशद्वय दीपेन्द्र बहादुर बम र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले आज सुनुवाई गर्दै उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।
राप्रपा नेपाल र कमल थापाको पक्षबाट बहस गर्ने अधिबक्ताद्वय नरप्रसाद थापा र भुपेन्द्र पोखरेलले रिट खारेज भएको जानकारी दिए ।
Comments
Related News