• Trending:

राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीसँग गरिन् छलफल

राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीसँग गरिन् छलफल

Economist Nepal

Wed, Bhadra 8 2079

राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीसँग गरिन् छलफल


राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीसँग गरिन् छलफल



kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् । 

राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । 

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । 

सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उनीहरुलाई धन्यवाद दिएकी छन् । 

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तिव्रता दिएकी छन् । 

भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.